१३ असार २०८३, शनिबार | June 27, 2026

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा तीनदिने रचनात्मक कार्यक्रमको शुभारम्भ गरेको छ । स्थापना दिवसको पहिलो दिन शनिबार संघको सचिवालयमा आयोजित रक्तदान कार्यक्रममार्फत औपचारिक रूपमा कार्यक्रम सुरु गरिएको हो ।

संघका अध्यक्ष माधव खनालले सामाजिक उत्तरदायित्व र व्यवसायिक एकताको सन्देश दिने उद्देश्यले रक्तदानसहित विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार आइतबार बुटवल बसपार्क क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम तथा मंगलबार साधारणसभा, स्थापना दिवसको औपचारिक समारोह र स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिनेछ ।

रक्तदान कार्यक्रमको उद्घाटन संघका अध्यक्ष माधव खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष थम्मन भण्डारी, महासचिव केशवराज कंडेल र कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक सेवामा संघ सधैँ अग्रसर रहेको बताए । उनले रुपन्देहीमा रक्तदान अभियानलाई सशक्त बनाउन विभिन्न व्यक्तिको योगदान स्मरण गर्दै रक्तदानलाई निरोगिताको प्रतीकका रूपमा लिन सकिने बताए। रगत अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न यस्ता अभियान प्रभावकारी हुने उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रेम भट्टराईले जानकारी दिए । संघले स्थापना दिवसको अवसरमा सामाजिक, व्यवसायिक तथा सम्मानसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : १९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट