२० आश्विन २०८३, मंगलबार | October 6, 2026

चीनमा रहेका नेपाली ल्याउन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा थेयनचीन उड्दै (उडान तालिकासहित)



काठमाडौं । चीनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज असार २४ गते थेनचीन जानेभएको छ ।

कोरना भाइरसको महामारीका कारण विश्वभर हवाई उडान प्रतिबन्ध लागेपछि चीनको थेयनचिनमा रहेका नेपाली नागरिकलाई ल्याउन हिमालय एयरलाइन्सको जहाज असार २४ अर्थात जुलाई ८मा त्यहा जाने भएको हो ।

सो जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।

हिमालय एयरलाइन्सको एच ९–७६०१ जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ तारिकको बिहान ८ः५०मा थेयनचिन अवतरण गर्नेछ ।

सोही दिन बिहान नेपाली समय अनुसार ६ः३५ मा उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर ६ सय ९९ अमेरिकी डलर तोकेको छ ।

उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन्।

हिमालय एयरलाइन्सले विश्वभर कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याउन चार्टर्ड उडान गरिरहेको छ ।

यस्तो छ एयरलाइन्सको उडान तालिका

 

 

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५७ बजे

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका