५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चीनमा रहेका नेपाली ल्याउन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा थेयनचीन उड्दै (उडान तालिकासहित)



काठमाडौं । चीनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज असार २४ गते थेनचीन जानेभएको छ ।

कोरना भाइरसको महामारीका कारण विश्वभर हवाई उडान प्रतिबन्ध लागेपछि चीनको थेयनचिनमा रहेका नेपाली नागरिकलाई ल्याउन हिमालय एयरलाइन्सको जहाज असार २४ अर्थात जुलाई ८मा त्यहा जाने भएको हो ।

सो जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।

हिमालय एयरलाइन्सको एच ९–७६०१ जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ तारिकको बिहान ८ः५०मा थेयनचिन अवतरण गर्नेछ ।

सोही दिन बिहान नेपाली समय अनुसार ६ः३५ मा उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर ६ सय ९९ अमेरिकी डलर तोकेको छ ।

उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन्।

हिमालय एयरलाइन्सले विश्वभर कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याउन चार्टर्ड उडान गरिरहेको छ ।

यस्तो छ एयरलाइन्सको उडान तालिका

 

 

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५७ बजे

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको