७ कार्तिक २०८३, शनिबार | October 25, 2026

स्वस्थ्य सुरक्षा अहिलेको आवश्यकता, कोरोना रोकथाममा जुटौ : अध्यक्ष गोपाल ज्ञवाली



बुटवल । कोरोना भाईरसको संक्रमणबाट बच्न बेलाबेलामा हात धुने, मास्क प्रयोग अनिवार्य छ ।

यस्तो बेला अग्रपंक्तीमा रहेका चिकित्साकर्मी, संचारकर्मि र सुरक्षाकर्मीको सुरक्षालाई मध्येनजर गरि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । वर्ष २०२०/२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरा गौतमलाई शुक्रबार एक कार्यक्रम बिच हात धुने र सेनेटाईजर प्रयोग गर्ने खुट्टे मेशिन हस्तान्तरण गरि शुरुवात गरेका हुन ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नेपाल पत्रकार महासंघ रुपन्देही शाखा कार्यालयबाट आफ्नो कार्यकालको सहयोग अभियान शुरु गरेको बताए । स्वस्थकर्मी, मिडियाकर्मि र सुरक्षाकर्मि सम्बद्ध दुई दर्जन संघसंस्थाहरुलाई सहयोग गर्न उनले बताए ।

महासंघका उपाध्यक्ष निरा गौतम धेरै राम्रो कामको शुरुवात भएको बताईन । संघसंस्थाहरु प्रचारका लागिमात्र काम गर्ने अवस्थामा क्लबले अहिलेको आवश्यकता अनुसार सहयोग गरि महत्वपुर्ण योगदान दिएको बताईन ।
यसैबिच क्लबले बुटवल उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र, बुटवल–११ कार्यालयलाई हात धुने र सेनेटाईजर प्रयोग गर्ने खुट्टे मेशिन हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बुनपा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री र स्वस्थ्य केन्द्रका जनस्वास्थ्य प्रमुख पुजन ज्ञवालीलाई सामग्री हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा वडाअध्यक्ष क्षेत्रीले हात धुने, मास्क सेनिटाईजर लगाउने र सामाजिक दुरी कायम गर्ने अहिलेको अनिवार्य काम भएको बताए । स्वस्थ्य केन्द्रमा दैनिक ५० जना विरामीहरुले सेवा लिदै आएको केन्द्रका प्रमुख ज्ञवालीले बताए ।

जहा ७ जना स्वस्थ्यकर्मी, कर्मचारी कार्यरत छन । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष बालकृष्ण अर्याल, पुर्वअध्यक्ष नवीन श्रेष्ठ, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य भुवन विश्वकर्माले सामाजिक कार्यमा निरन्तर लाग्ने बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०४ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र