१० बैशाख २०८२, बुधबार | April 23, 2025

के साँच्चै सलह खान हुन्छ त ?



काठमाडौं । कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ ।

कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।

मीठो मानेर खाएः जोशी

काठमाडौं उपत्यकावासीले वर्षौंअघि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देखेका थिए । उनले त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमाडौंका मानिसले खाएको समेत देखेको बताए । उनका अनुसार सलह आकाशै ढाकेर आएका थिए । करोडौं सङ्ख्यामा थिए भन्ने उनको अनुमान छ । उनि सलहले बादल जस्तै सूर्य नै नदेखिने अँध्यारो बनाइदिएका थिए भनेर स्मरण गर्दछन् ।

सलह जहाँ बस्यो रुखपात, धान बाली त्यहाँको हरियाली सखाप बनेको उनि सम्झन्छन् । उपत्यका त्यो समय खेत नै खेत अनि वरिपरि हरियाली जङ्गलले भरिएको थियो । सलहले खाएपछि बुच्चे र ठुटे बोटबिरुवा हेरेर किसान दिक्क भएका थिए ।

उनका अनुसार काठमाडौका विभिन्न स्थानका मानिसले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे । शताब्दी पुरुष जोशी आफू खाने अनि मसला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखाएको मैले देखेको भन्छन ।

एक भागको दुई पैसादेखि चार पैसा सम्ममा बेच्ने गरेका थिए । उनको कथनले नेपालमा सलहले आतङ्क मच्चाएको र मानिसले खाएको पनि पुष्टि हुन्छ । सरदार भीमबहादुर पाँडले त्यस बखतको नेपाल पुस्तकमा वि सं १९८५ मा आकाशै ढाक्ने गरी नेपालमा सलह आएको उल्लेख गरे । उनले सलहले अनिकाल नै पारेको र मानिसले सलह खाएको पनि चर्चा गरे ।

के साँच्चै सलह खान हुन्छ त ?

पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् । खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन् ।

सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उनि त्यो कुराले महत्व नराख्ने उल्लेख गर्दछन् । उनले कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ भने ।

वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी गरे । उनका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ ।

अर्का कीट विज्ञ सञ्जय विष्टले मानिसले खान हुने÷नहुने सुुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । किसान र उद्यमीलाई त्यही सुझाएको जानकारी दिए उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : १८ बजे

लुम्बिनी कप महिला फुटबल : एपीएफ क्लब फाइनलमा प्रवेश

नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनामाथि तीन दिन म्याद थप

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले