२५ माघ २०८२, आइतबार | February 8, 2026

रोपाईं गर्न पुगेका खोकनाबासी र प्रहरीबीच झडप



काठमाडौं । ललितपुरको खोकनामा आफ्नो पुख्र्यौली जमिनमा रोपाईं गर्न पुगेका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ ।
फस्ट ट्रयाकमा पर्ने जमिनमा खोकनाबासीले धान रोपाईं गर्न थालेपछि झडप भएको हो ।

खोकनाबासीले आफ्नो पुख्र्यौली जमिन विकासका नाममा हडपिएको आरोप लगाएका छन् । उनीहरुले विकासका नाममा विकासका नाममा उर्वर भूमि र खोकनाको धार्मिक सांस्कृतिक सम्पदाको विनाश गरेको भन्दै विरोध स्वरुप धान रोपाई गर्न थालेपछि प्रहरीले अवरोध गरेको थियो । त्यसपछि झडप भएको हो । किसानहरु सामूहिक रुपमा धान रोपाईं गरेका थिए ।

नेवाःहरुको आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनास गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताइन । ३ हजार वर्ष अगाडीको नेवाः सभ्यता विनास गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उनले जिकिर गरिन ।

किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि नाराबाजी सुरु गरेका थिए ।

स्थानीयहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कुदालोसहित कुदेश, सिकाली हुँदै खुदोल पुगेका थिए । उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए ।

‘फास्ट ट्रयाक चाँहिदैन किसान मार्न पाईदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।

खेत रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । सांस्कृति सम्पदाहरुमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ३ : १४ बजे

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य

आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा इंग्ल्यान्डले नेपाललाई

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक

दीपेन्द्रको अर्को प्रहार, साम करन आउट हुँदै नेपालले इंग्ल्यान्डको पाँचौँ विकेट लियो

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध