४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको देवदहका ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको देवहदका एक पुरुषको मृत्यु भएको छ ।

देवदहका ७५ वर्षीय वृद्धको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्षयरोगका बिरामी ति वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत असार १४ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर उनको उपचारका क्रममै १७ गते उनको मृत्यु भएको थियो ।

उनमा कोरोना संक्रमणको पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको