४ पुस २०८२, शुक्रबार | December 20, 2025

भेरीको धमिलो पानीले तिर्खा मेट्दै खारावासी



जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारण भेरी नदीको फोहर पानी पिउन बाध्य भएका छन् ।

पुर्खौँदेखि भेरी नदीको फोहर पानी आधा घण्टाको दूरीमा बोकेर ल्याई पिउनुपर्ने बाध्यतालाई कसैले बुझ्ने प्रयास गरेनन् । सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीका लागि याचना गरेका खारावासी वर्षेनी १२ महिना भेरीको पानी पिउने बाध्यता हट्न नसकेको पदमा लुहार बताउँनुहुन्छ । उहा भन्नुहुन्छ, ‘भेरीबाट आधा घण्टा उकाली चढेर घरमा लिनेबितिकै पानी प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइकन राख्दा बालुवा गाग्रीको तल थिग्रिएपछि मात्र पिउनयोग्य हुने गर्दछ ।’

उहाजस्तै अर्की कमला लुहारको पीडा पनि कम्ती छैन । तीन महिनाको दूधे बच्चा छाडेर दैनिक तीनपटक भेरी नदीको फोहर पानी पिउनका लागि नदीको किनारमा पुग्नुपर्छ उहाले भन्नुभयो, ‘सङ्घसंस्थादेखि अन्य जनप्रतिनिधि हेरी गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन । पशुचौपायादेखि मानिस सबैले भेरी नदीको पानी पिउनुपर्ने बाध्यता छ ।’

भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहर पानीका कारण बिरामी हुनुपर्ने पीडा खारावासीको मुख्य समस्या रहेको छ । तीस घर दलित परिवार र अन्य केही जनजाति समुदायको बसोबास रहेको खारामा पीडा सुन्ने धेरै आए तर काम गर्ने कोही आएनन् भन्दै आक्रोशसमेत पोख्न थालिएको छ । अब कुराभन्दा परिणाम चाहिएको छ स्थानीयवासी धनवीर लुहारले भन्नुभयो ।

छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छेडागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर सयौँ उच्चपदस्थ व्यक्ति आवातजावत हुँदा खारावासीले पानीको समस्या सुनाउने गरेका छन् । हुन्छ, सबैले भन्छन् तर काम कसैले गर्दैनन् खारावासीको गुनासो छ ।

आधा घण्टाको दूरीमा भेरी नदीमा पानी उर्लदो छ तर माथि रहेको जमिन हिउँद्याममा बाँझो रहन्छ, वर्षायाममा आकासेपानीको भरमा खेती गरिँदै आइएको छ । गाउँलेहरु भन्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पानीको ठूलो मारमा छन् । घरबाटै बोकेर ल्याएको पानी छिनभरमै सकिने भएकाले विद्यार्थी हैरान हुने शिक्षकहरुको भनाइ छ ।

फोहर पानी पिउँदा खारावासीमा वर्षेनी पानीजन्य रोग देखा पर्दै आएको छ । झाडापखाला, जुकालगायतका रोगबाट यहाँका सर्वसाधारण सधैँ पीडित हुने गरेका छन् । वडाध्यक्ष मोतीलाल खत्री सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डिपीआरको काम भएको र केही समयपछि पानीका लागि काम शुरु हुने बताउनुभयो । ‘करोडभन्दा बढीको आयोजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ’, खत्रीले भन्नुभयो । रासस

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको