५ पुस २०८२, शनिबार | December 20, 2025

विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी भएको यातायात व्यवसायीको दाबी



काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन ।

महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पु¥याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि विभागले आफुहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको बताए ।

रिजालले होल्डिङ सेन्टरबाट बिना टेन्डर, बिना कोटेशन र बिना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरितको भाडा लिएर ठगी गरिएको दाबी गरे ।

विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भएपनि आफुहरुले कुनै सूचना नपाएको रिजालले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरे । हमालले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको भन्दै सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गरे । उनले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी भने गराइएको बताए ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताएका छन् । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाईयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरेका छन् । उनीहरुले सवारी साधन उपलब्ध गराउने विषयमा आफुहरुलाई सूचना नदिनुले ठूलै ठगी भएको स्पस्ट हुने दाबी गरे ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : ३४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता