१५ चैत्र २०८२, आइतबार | March 29, 2026

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार



काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली–२०७६ अनुसार हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई ईजाजत पत्र प्रदान गरेपछि कम्पनीहरुले कारोबार थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट वस्तुको प्रत्यक्ष बिक्रीका लागि हालै ईजाजत प्राप्त गरेको नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि.ले आइतबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । आइतबार नयाँ बानेश्वरमा आयोजित औपचारिक कार्यक्रममा नेचर हर्ब्स इन्टरनेशनलका अध्यक्ष जीवी राईले आफू नेतृत्वको कम्पनीले कारोबार सुरु गरेको औपचारिक घोषणा गरे ।

नेचर हब्सले असार १७ गते मन्त्रालयबाट ईजाजत पत्र प्राप्त गरेको थियो । अध्यक्ष राईले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ईजाजत पत्र लिएर कारोबार सुरु गरिएको जानकारी दिए । उनले ऐन र नियमावली भित्र रहेर आफू नेतृत्वको कम्पनीले काम गर्ने बताए ।

‘२०७४ को असोजमै यससम्बन्धी ऐन बनेको थियो । ऐन बनेपछि नै हामीले कम्पनी स्थापना, पूर्वाधारको निर्माण गरेका थियौं । सो ऐनको आधारमा गत फागुनमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि सोको आधारमा हामीले असार १७ गते ईजाजत पत्र प्राप्त गर्यौं’, कार्यक्रममा नेचर हर्ब्सका अध्यक्ष राईले भने, ‘हामीले आजबाट औचापरिक काम सुरु गरेका छौं । हामी कानून बमोजिम यो काम गर्नेछौं ।’

कार्यक्रममा अध्यक्ष राईले वस्तुको प्रत्यक्ष बिक्री नेपालमा नयाँ भए तापनि विश्व बजारमा धेरै पुरानो भएको बताए । ‘यो व्यवसायबाट लाखौं नेपालीले सुलभ, गुणस्तरीय वस्तु प्राप्त गर्नेछन् भने लाखौंका लागि रोजगारी समेत सृजना हुनेछ’, उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा यसबाट थोरै भए पनि योगदान हुनेछ ।’

कार्यक्रममा नेचर हर्ब्स इन्टरनेशनलका वरिष्ठ कानूनी सल्लाहकार गण्डकी प्रदेशका पूर्व प्रमुख, पूर्व महान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि.लाई व्यावसायिक सफलताको शुभकामना दिंदैं कानूनको पालना गर्नेलाई कानूनले नै रक्षा गर्ने बताए । उनले कम्पनीले वस्तुको प्रत्यक्ष बिक्री प्रणालीबाट राष्ट्रको समृद्धिको योगदान दिने विश्वास व्यक्त गरे ।

कम्पनीका बजार विभाग प्रमुख माधव खनालले स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्याउन कम्पनीले महत्वपूर्ण काम गर्ने बताए ।

के हो वस्तुको प्रत्यक्ष बिक्री ?

२०७४ को असोजमा प्रतिनिधिसभाले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन पारित गर्यो । राष्ट्रपतिले स्वीकृत गरेपछि २०७४ कात्तिक १ गते सार्वजनिक जानकारीका लागि सो ऐन राजपत्रमा प्रकाशित भयो ।

सो ऐन कार्यान्वयनका लागि २०७६ फागुनमा मन्त्रिपरिषद् बैठकले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली–२०७६ पारित गर्यो । सो नियमावली अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै मापदण्ड पुरा गरी प्रक्रियागत रुपमा दर्ता भएका कम्पनीहरुलाई ईजाजत पत्र प्रदान गरेको थियो ।

वस्तुको प्रत्यक्ष बिक्री उत्पादक कम्पनीबाट बीचमा कुनै पनि एजेन्सी नभएर सिधै उपभोक्तासम्म पुग्ने व्यवसाय हो । यो व्यवसायमा ईजाजत पत्र प्राप्त कम्पनी, वस्तुको प्रत्यक्ष बिक्रेता र वितरक हुन्छन् । यस सम्बन्धी बनेको ऐन र नियमावलीअनुसार ईजाजत प्राप्त कम्पनीले वस्तुको प्रत्यक्ष बिक्रेता र वितरकहरुलाई सेवा, सुविधा, बोनस र कमिशनका रुपमा पत्यक्ष बिक्री वितरण गरिने बस्तुको बिक्री मुल्यबाट दिनुपर्छ ।

के हो नेचर हर्व्स इन्टरनेशनल ?

नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि. सिंगापुरमा प्रधान कार्यालय रहेको दक्षिण पूर्वी एशियाली मुलुकका उद्यमीहरुबाट संयुक्त रुपमा प्रवर्द्धित नेचर हर्ब्स इन्टरनेशनल पिटिई एलटीडीको सम्पूर्ण ब्राण्डको अधिकार प्राप्त स्वतन्त्र एजेन्सी कम्पनी हो । नेचर हर्ब्स इन्टरनेशन पिटिई एलटीडी प्रत्यक्ष बिक्री प्रणालीमार्फत नेपाली जैविक हर्वल उत्पादनलाई विश्व बजारमा बिक्री गर्ने पहिलो बहुराष्ट्रिय कम्पनी हो ।

मलेसियाको क्वालालाम्पुरमा क्षेत्रीय प्रधान कार्यालय रहेको नेचर हर्ब्स इन्टरनेशन पिटिई एलटीडीको हङकङ, यूएई, भारत र कतारमा समेत शाखा कार्यालय छन् ।
नेचर हर्ब्स इन्टरनेल प्रा।लि।ले प्रत्यक्ष बिक्री प्रर्णालीमार्फत गोरखा ग्रुप अफ कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित नेचर नेस्ट प्रा।लि।बाट उत्पादित नेचर हर्ब्स ब्राण्डका जैविक हर्बल उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : १८ बजे

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला