२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

सोमबार १८० जनामा कोरोना संक्रमण, हालसम्म ६ हजार ८ सय ११ जना संक्रमित निको भए



काठमाडौं । विगत केहिदिन यता कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेको तथ्याङ्क दिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भने संक्रमितको संख्या कम थोरै मात्र प्रस्तुत गरेर छ ।

सोमबार जम्मा १८० जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पाँच हप्तमा सबैभन्दा कम दैनिक संक्रमण पुष्टि भएको हो ।

सोमबार जम्मा १८० जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै सोमबार ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म १५ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।

हालसम्म ६ हजार ८ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ९ हजार १ सय १८ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् ।

देशभर २९ हजार २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एकहप्ताको अवधिमा २ महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताए ।

यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु सेयर नगर्न गौतमले आग्रह गरे । भिडियोहरु देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न पनि उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ३२ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’