१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सोमबार १८० जनामा कोरोना संक्रमण, हालसम्म ६ हजार ८ सय ११ जना संक्रमित निको भए



काठमाडौं । विगत केहिदिन यता कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेको तथ्याङ्क दिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भने संक्रमितको संख्या कम थोरै मात्र प्रस्तुत गरेर छ ।

सोमबार जम्मा १८० जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पाँच हप्तमा सबैभन्दा कम दैनिक संक्रमण पुष्टि भएको हो ।

सोमबार जम्मा १८० जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै सोमबार ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म १५ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।

हालसम्म ६ हजार ८ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ९ हजार १ सय १८ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् ।

देशभर २९ हजार २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एकहप्ताको अवधिमा २ महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताए ।

यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु सेयर नगर्न गौतमले आग्रह गरे । भिडियोहरु देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न पनि उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ३२ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन