७ आश्विन २०८३, बुधबार | September 23, 2026

के तपाईं मास्क नलगाई घरबाहिर निस्कनुहुन्छ ? अब त्यो गल्ती नगर्नुहोस, प्रहरीले पक्राउ गर्छ



काठमाडौं । के तपाईं मास्क नलगाई घर बाहिर निस्कनुहुन्छ ? त्यस्तो बानी छ भने अब छोडिदिनुस । मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

गृहमन्त्रालयले मास्क नलगाई हिँड्ने जो कसैलाई पनि पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट जोगिन अनिवार्य मास्क लगाउनुपर्ने बताए । गौतमले अब प्रहरीबाट वच्न पनि मास्क लगाउनै पर्ने अवस्था आएका कारण ध्यान पुर्याउन सबैलाई आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिन घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न निरन्तर चेतावनी दिँदै आएको छ ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर जरुरी कामबाहेक निस्कन नहुने र निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने र कम्तिमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने बताउँदै आएको छ ।

गृहमन्त्रालयले विना मास्क हिँड्नेहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं उत्पत्यकामा निरन्तर कोरोना संक्रमित बढिरहेको अवस्थामा गृहको निर्देशन पालना कति हुन्छ हेर्न बाँकी छ । तर, अधिकाशं मानिसहरुमा ‘मलाई केही हुँदैन’ भन्ने अहंका कारण मास्क नलगाइएको भेटिने गरेको छ ।

काठमाडौं उपत्यकामा सोमबार मात्रै ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई