५ पुस २०८२, शनिबार | December 20, 2025

के तपाईं मास्क नलगाई घरबाहिर निस्कनुहुन्छ ? अब त्यो गल्ती नगर्नुहोस, प्रहरीले पक्राउ गर्छ



काठमाडौं । के तपाईं मास्क नलगाई घर बाहिर निस्कनुहुन्छ ? त्यस्तो बानी छ भने अब छोडिदिनुस । मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

गृहमन्त्रालयले मास्क नलगाई हिँड्ने जो कसैलाई पनि पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट जोगिन अनिवार्य मास्क लगाउनुपर्ने बताए । गौतमले अब प्रहरीबाट वच्न पनि मास्क लगाउनै पर्ने अवस्था आएका कारण ध्यान पुर्याउन सबैलाई आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिन घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न निरन्तर चेतावनी दिँदै आएको छ ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर जरुरी कामबाहेक निस्कन नहुने र निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने र कम्तिमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने बताउँदै आएको छ ।

गृहमन्त्रालयले विना मास्क हिँड्नेहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं उत्पत्यकामा निरन्तर कोरोना संक्रमित बढिरहेको अवस्थामा गृहको निर्देशन पालना कति हुन्छ हेर्न बाँकी छ । तर, अधिकाशं मानिसहरुमा ‘मलाई केही हुँदैन’ भन्ने अहंका कारण मास्क नलगाइएको भेटिने गरेको छ ।

काठमाडौं उपत्यकामा सोमबार मात्रै ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ०९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता