१३ असार २०८३, शनिबार | June 27, 2026

नेकपा विवाद मारामुङ्ग्रीमा फेरिँदै, कैलालीमा दुई गुटबीच झडप



धनगढी । सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्रको विवाद झडपमा रूपान्तरण हुनथालेको छ ।

अहंकार, अस्थिरता, कुण्ठा र ईष्याले ग्रस्त नेकपाका शिर्ष नेताहरू काठमाडौंमा अहिलेसम्म मुखले लड्दैछन्, जिल्ला र गाउँ तहमा कार्यकर्ता हात हालाहाल र झडपमा उत्रिन सुरू गरेका छन् । शिर्ष नेतृत्व तहबीचको तुष कार्यकर्तासम्म पुग्दा एकअर्कालाई निषेध गर्ने र सार्वजनिक रूपमा खुइल्याउने अवस्थामा पुगेको छ ।

शीर्ष नेताहरूबीच काठमाडौंमा युद्घविरामको खोजी गरिँदै गरेको बेला कैलालीमा दुई गुटबीच झडप भएको छ ।

नेकपा भित्रको ओली गुट र प्रचण्ड-नेपाल गुटबीच सोमबार साँझ कैलालीको लम्की चोकमा झडप भएको हो ।

साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाज नामको समुहले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै आयोजना गरेको कार्यक्रममा प्रचण्डको घनघोर विरोध गर्न थालेपछि दुई गुटबीच हात हालाहाल र मारामुङ्ग्री सुरू भएको थियो ।

ओली पक्षले कार्यक्रममा प्रचण्डको एकएक हर्कत थाहा भएको भन्दै भाषण गरेपछि अर्को पक्ष प्रतिवादमा उत्रिएको थियो।

सचेत नागरिक समाजको तर्फबाट पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै गरेको भाषण गरेको स्थानीयले बताएका छन् । त्यस लगत्तै लम्कीचुहाका नेता नरबहादुर खड्काले पनि प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए।

पार्टी एकता, स्थिरता र राष्ट्र नायक केपी ओली नेतृत्वको सरकारको पक्षमा कार्यक्रम नै गर्न नदिने योजनालाई असफल पार्दै कार्यक्रम गरिएको पत्रकार थापाले बताए । उनले नागरिक समाजले पार्टी फोड्न पाईंदैन, भारतीय हस्तक्षप बन्द गर, राष्ट्रनायक केपी ओली जिन्दाबाद लेखिएको प्लेकार्ड बोकेर सभा गर्दै गर्दा बिथोल्न खोजिएपछि केहिबेर धकेलाधकेल भएको बताए ।

त्यसपछि भने प्रचण्ड निकटका केही युवा खड्कामाथि खनिएका थिए। झडप सुरु भएपछि प्रहरीको टोलीले उक्त झडप साम्य पारेको थियो।

एउटै पार्टीका दुई गुटबीच भएको मारामुङ्ग्री देखेर सर्वसाधारण जनताले भने आश्चर्य जनाएका थिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ०२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट