२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध



कञ्चनपुर । कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पुर्‍याएको छ ।

आइतबार बेलौरी नगरपालिका–८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू–भागमा पर्ने दाबीसहित अवरोध पुर्‍याएको वडाध्यक्ष नन्दकुमार रानाले बताए ।

‘आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक अवरोध गरे’, वडाध्यक्ष रानाले भने, ‘यसअघि पनि उक्त क्षेत्रमा भारतीय थिचोमिचो रहँदै आएको छ ।’ उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ ।

‘जीपीएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी भारतीय पक्षको छ’, रानाले भने, ‘यहाँ धेरै ठाउँमा भारतले नेपाली भूमि कब्जा गरेको अवस्था छ ।’ शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सडक अवरोधका विषयमा मङ्गलबार छलफल गरेर समाधान खोजिने बताए ।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ ।

हुलाकी सडक योजना कार्यालय धनगढीका इञ्जिनीयर पद्मबहादुर मडैले उक्त क्षेत्रमा यसअघि पनि सडक निर्माणका क्रममा भारतीय पक्षले अवरोध गरेको बताए । रासस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : १७ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद