१४ आश्विन २०८३, बुधबार | October 1, 2026

हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध



कञ्चनपुर । कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पुर्‍याएको छ ।

आइतबार बेलौरी नगरपालिका–८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू–भागमा पर्ने दाबीसहित अवरोध पुर्‍याएको वडाध्यक्ष नन्दकुमार रानाले बताए ।

‘आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक अवरोध गरे’, वडाध्यक्ष रानाले भने, ‘यसअघि पनि उक्त क्षेत्रमा भारतीय थिचोमिचो रहँदै आएको छ ।’ उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ ।

‘जीपीएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी भारतीय पक्षको छ’, रानाले भने, ‘यहाँ धेरै ठाउँमा भारतले नेपाली भूमि कब्जा गरेको अवस्था छ ।’ शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सडक अवरोधका विषयमा मङ्गलबार छलफल गरेर समाधान खोजिने बताए ।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ ।

हुलाकी सडक योजना कार्यालय धनगढीका इञ्जिनीयर पद्मबहादुर मडैले उक्त क्षेत्रमा यसअघि पनि सडक निर्माणका क्रममा भारतीय पक्षले अवरोध गरेको बताए । रासस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : १७ बजे

होटल डायमण्ड प्यालेसबाट ठुलो परिमाणको ब्राउनसुगरसहित ३ भारतीय पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित

भारतबाट मूल्य बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा