१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सरिता गिरी समाजवादी पार्टीबाट निस्कासित, सांसद पद समेत गुम्यो



काठमाडौं । जनता समाजवादी पार्टीको पूर्व समुह समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ ।

पार्टीको मंगलबार बसेको बैठकले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी र सांसदबाट निष्कासित गरेको हो ।

नेपालले जारी गरेको नयाँ नक्शाको विरुद्ध अभिव्यक्ति दिएकी र संसदीय दलको निर्देशन विपरित गतिविधि गरेकी सांसद गिरीलाई पार्टीले कडा कारवाही गरेको हो ।

गिरीले नयाँ नक्शालाई संविधानको अंग बनाउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक विरुद्ध गिरीले पार्टी निर्देशन विपरित संशोधन प्रस्ताव दर्ता गराएकी थिइन ।

उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण कारवाही गरिएको पार्टीले जनाएको छ ।

सांसद गिरीले नेपालले भारतको सहमति नलिइ नक्शा जारी गरेको जिकिर गरेकी थिइन । संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो ।
संसदीय दलले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन दबाब दिँदै अन्यथा कारवाही गर्ने चेतावनी दिँदै स्पष्टिकरण सोधेको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ३७ बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल