४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरिता गिरी समाजवादी पार्टीबाट निस्कासित, सांसद पद समेत गुम्यो



काठमाडौं । जनता समाजवादी पार्टीको पूर्व समुह समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ ।

पार्टीको मंगलबार बसेको बैठकले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी र सांसदबाट निष्कासित गरेको हो ।

नेपालले जारी गरेको नयाँ नक्शाको विरुद्ध अभिव्यक्ति दिएकी र संसदीय दलको निर्देशन विपरित गतिविधि गरेकी सांसद गिरीलाई पार्टीले कडा कारवाही गरेको हो ।

गिरीले नयाँ नक्शालाई संविधानको अंग बनाउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक विरुद्ध गिरीले पार्टी निर्देशन विपरित संशोधन प्रस्ताव दर्ता गराएकी थिइन ।

उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण कारवाही गरिएको पार्टीले जनाएको छ ।

सांसद गिरीले नेपालले भारतको सहमति नलिइ नक्शा जारी गरेको जिकिर गरेकी थिइन । संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो ।
संसदीय दलले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन दबाब दिँदै अन्यथा कारवाही गर्ने चेतावनी दिँदै स्पष्टिकरण सोधेको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको