१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

विश्व स्वास्थ्य संगठनसँग अमेरिकाको औपचारिक सम्बन्ध विच्छेद



अमेरिकाले औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग सम्बन्ध तोडेको छ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा असफल देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनसँग मिलेको मिलेको आरोप लगाउँदै संगठनबाट बाहिरिने चेतावनी दिँदै आएका थिए ।

आफ्नो निर्देशन अनुसार चले मात्र डब्लुएचओसँगको सम्बन्ध कायम राख्ने तर्क गर्दै आएका ट्रम्पले दुई महिना एक महिनाको समयभित्र डब्लुएचओले चीनसँगको व्यवहार सुधार गर्नुपर्ने धम्की दिएका थिए । अन्यथा अमेरिका सधैंका लागि डब्लुएचओबाट बाहिरिने अडानलाई ट्रम्पले पुरा गरेका छन् ।

अमेरिकाले गत जुलाई ६ मा डब्लुएचओबाट अलग हुने जानकारीसहितको पत्र पठाएको छ । अमेरिका बाहिरिएसँगै डब्लुएचओलाई दिने अनुदान पनि स्वतः रोकिने भएको छ । अमेरिका अहिलेसम्म डब्लुएचओको सबैभन्दा ठूलो दाता मुलुक हो । उसले डब्लएचओलाई वार्षिक झण्डै ४०० मिलियन डलर सहयोग गर्दैआएको थियो । तर, डब्लुएचओबाट सम्पूर्ण रुपले बाहिरिन भने अमेरिकालाई कम्तिमा एक वर्ष लाग्छ ।

ट्रम्पको धम्कीपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले संकटको बेलाा संगठनको आवश्यकता सबैभन्दा बढी अमेरिकालाई नै परेको बताउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । इथियोपियाका पूर्वप्रधानमन्त्री टेड्रोस चीनको कठपुतली बनेको अमेरिकाको आरोप छ ।

तर, अमेरिकाकै कैयौं राजनीतिज्ञ र बुद्धिजीवि एवं विशेषज्ञहरुले डब्लुएचओबाट बाहिरिने निर्णय देशका लागि घातक हुने चेतावनी दिएका छन् । विपक्षी डेमोक्रयाट नेता सेनेचर बब मेनेन्डेजले ट्विट गर्दै महामारीकाबीच डब्लूएचओसँग अलग हुने ट्रम्पको ‘अराजक’ निर्णयले अमेरिकी नागरिकको जीवन असुरक्षित र अमेरिकालाई एक्लो बनाएको आरोप लगाएका छन्।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ४८ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार