२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

नेकपा अन्तसंघर्ष : पार्टी विभाजन स्वीकार्य नभएको भन्दै धुम्बाराहीमा धर्ना



काठमाडौं । पार्टीमा देखा परेको फुट र विभाजनकारी प्रवृत्ति विरुद्ध बुधबार पनि नेकपाका नेता कार्यकर्ताले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

केन्द्रीय कार्यालयको हलमा भेला भएका नेता कार्यकर्ताहरुले पार्टी विभाजन मञ्जुर नभएको, पार्टी एकता कायम गर भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका छन् ।

उनीहरुले नेतृत्वलाई विचार र सिद्धान्तका आधारमा मिल्न दबाब दिएका छन् । पार्टी स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुबीच बढेको तिब्र विवादले पार्टी फुटको संघारमा पुगेको बेला केन्द्रीय स्तरका नेता र कार्यकर्ताहरुले भने नेताहरु मिल्नुको विकल्प नभएको
बताएका छन् ।

जारी स्थायी कमिटी बैठक गत असार १६ गतेदेखि निर्धारित एजेण्डामा प्रवेश गर्न नसकी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड एवं माधव नेपाल समुहबीच विवाद बढेको छ ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनुपर्ने माग अर्को पक्षबाट उठेपछि ओलीले बैठकै बहिस्कार समेत गरेका छन् । विवाद मिलाउन भन्दै पटकपटक स्थायी कमिटी बैठक स्थगित गरे दुई अध्यक्षबीच छलफल भैरहेको छ । तर, दुवै समुह भने अझै पनि टसको मस भएका छैनन् ।

पार्टी बैठक हुन नसकेपनि गुट बैठक भने निरन्तर भैरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : १२ बजे

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको