१३ असार २०८३, शनिबार | June 27, 2026

नेकपा अन्तसंघर्ष : पार्टी विभाजन स्वीकार्य नभएको भन्दै धुम्बाराहीमा धर्ना



काठमाडौं । पार्टीमा देखा परेको फुट र विभाजनकारी प्रवृत्ति विरुद्ध बुधबार पनि नेकपाका नेता कार्यकर्ताले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

केन्द्रीय कार्यालयको हलमा भेला भएका नेता कार्यकर्ताहरुले पार्टी विभाजन मञ्जुर नभएको, पार्टी एकता कायम गर भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका छन् ।

उनीहरुले नेतृत्वलाई विचार र सिद्धान्तका आधारमा मिल्न दबाब दिएका छन् । पार्टी स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुबीच बढेको तिब्र विवादले पार्टी फुटको संघारमा पुगेको बेला केन्द्रीय स्तरका नेता र कार्यकर्ताहरुले भने नेताहरु मिल्नुको विकल्प नभएको
बताएका छन् ।

जारी स्थायी कमिटी बैठक गत असार १६ गतेदेखि निर्धारित एजेण्डामा प्रवेश गर्न नसकी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड एवं माधव नेपाल समुहबीच विवाद बढेको छ ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनुपर्ने माग अर्को पक्षबाट उठेपछि ओलीले बैठकै बहिस्कार समेत गरेका छन् । विवाद मिलाउन भन्दै पटकपटक स्थायी कमिटी बैठक स्थगित गरे दुई अध्यक्षबीच छलफल भैरहेको छ । तर, दुवै समुह भने अझै पनि टसको मस भएका छैनन् ।

पार्टी बैठक हुन नसकेपनि गुट बैठक भने निरन्तर भैरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : १२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट