१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सडकमा सत्तारुढ दलकै मजदुरले लगाए नारा : ‘कि मार, कि काम गरेर खान देऊ सरकार’



सप्तरी । “कि ज्यान मार कि काम गरेर खान देऊ” भन्ने नाराका साथ सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटी तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ निकट मजदुरहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा विगत चार महिनादेखि सार्वजनिक यातायात नचल्दा यातायात मजदुर र आश्रित परिवारलाई हातमुख जोड्ने समस्या भएको उल्लेख गर्दै सार्वजनिक यातायात पनि तत्काल खोल्न अनुमति दिनुपर्ने माग गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि राजविराजका अध्यक्ष भोलाप्रसाद यादवले भने, सरकारले बन्दाबन्दी लागु गरेको चार महिनादेखि बेरोजगार भई घरमै सीमित हुनुपरेकोले अहिले पनि काम नगरे के खाने भन्ने प्रश्न गरे ।
विरोध प्रदर्शनका क्रममा ‘कि ज्यान मार, कि काम गरेर खान देउ सरकार, निजी जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजीले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार’ लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै मजदुर नेताहरुले सात दिनभित्र सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने अनुमति नदिए सडकमा गुड्ने अन्य निजी सवारीसाधनलाई समेत बन्द गराउनुका साथै सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए ।

सरकारले गत चैत ११ मा बन्दाबन्दी लागु गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : १७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका