१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सडकमा सत्तारुढ दलकै मजदुरले लगाए नारा : ‘कि मार, कि काम गरेर खान देऊ सरकार’



सप्तरी । “कि ज्यान मार कि काम गरेर खान देऊ” भन्ने नाराका साथ सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटी तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ निकट मजदुरहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा विगत चार महिनादेखि सार्वजनिक यातायात नचल्दा यातायात मजदुर र आश्रित परिवारलाई हातमुख जोड्ने समस्या भएको उल्लेख गर्दै सार्वजनिक यातायात पनि तत्काल खोल्न अनुमति दिनुपर्ने माग गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि राजविराजका अध्यक्ष भोलाप्रसाद यादवले भने, सरकारले बन्दाबन्दी लागु गरेको चार महिनादेखि बेरोजगार भई घरमै सीमित हुनुपरेकोले अहिले पनि काम नगरे के खाने भन्ने प्रश्न गरे ।
विरोध प्रदर्शनका क्रममा ‘कि ज्यान मार, कि काम गरेर खान देउ सरकार, निजी जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजीले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार’ लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै मजदुर नेताहरुले सात दिनभित्र सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने अनुमति नदिए सडकमा गुड्ने अन्य निजी सवारीसाधनलाई समेत बन्द गराउनुका साथै सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए ।

सरकारले गत चैत ११ मा बन्दाबन्दी लागु गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : १७ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने