५ श्रावण २०८३, मंगलबार | July 22, 2026

विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना सम्भावित उम्मेदवार



जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड शुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक वर्षे कार्यकाल बाँकी रहँदै डब्लुटिओबाट राजीनामा दिएका थिए ।

नयाँ नेतृत्वका लागि इजिप्ट, केन्या, मेक्सिको, मोल्डोभा, नाइजेरिया र दक्षिण कोरियाबाट उम्मेदवारी परेको छ ।

पछिल्लो समय संयुक्तराज्य अमेरिकाले डब्लुटिओको कार्यशैलीमाथि प्रश्न उठाउँदै डब्लुटिओबाट नै अलग्ग हुने धम्की दिँदै आएको छ । अमेरिकाले गत डिसेम्बरदेखि नै डब्लुटिओको विवाद समाधान प्रणालीमा न्यायाधीश नियुक्तीमा अवरोध गरिरहेको छ । अमेरिकाले चीनलाई विकासशील मुलुकको समूहबाट माथि लैजान माग गरिरहेको छ ।

डब्लुटिओको प्रमुखका लागि सामान्यतया मतदान हुने गर्दैन । उम्मेदवारहरुबीच सहमतिका आधारमा एक पछि अर्को उम्मेदवारले आफ्नो उम्मेदवारी परित्याग गर्ने व्यवस्था छ । कुनै सहमति नभएमा मात्र मतदानको प्रावधान छ ।

सन् १९९९ मा दुई सम्भावित उम्मेदवारबीच सहमति हुन नसक्दा दुबै उम्मेदवारलाई कार्यकाल आधाआधा बाँडिएको थियो । डब्लुटिओको प्रमुखको कार्यकाल ६ वर्षको हुने गर्दछ ।

डब्लुटिओका आगामी उम्मेदवारका अगाडि निकै ठूला चुनौतीहरु छन्, खासगरी चीन र संयुक्तराज्य अमेरिकाबीचको बढ्दो व्यापारिक तनाबले समस्या सिर्जना गर्नेछ । साथै, विश्वव्यापी कोरोनाभाइरसको महामारीले शिथिल बनाएको विश्व व्यापारमा नयाँ किसिमका चुनौती समेत देखा पर्ने अनुमान गरिएको छ ।

विश्व व्यापार संगठनका अनुसार यसपटक उम्मेदवार दिनेहरुमा दक्षिण कोरियाका व्यापार मन्त्री यू म्यूङ–ही, केन्याका पूर्व विदेश मन्त्री अमनिा मोहमद, मेक्सिकोका पूर्व डब्लुटिओ उपमहानिर्देशक जेसस सिड कुरी, नाइजेरियाका पूर्व विदेश तथा अर्थमन्त्री नोजी ओकोन्जो–इवेला, इजिप्टका पूर्व कुटनीतिज्ञ हमिद ममदोउ र मोल्डोभाका पूर्व विदेश मन्त्री टुडोर उलियानोभ्ची रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : २४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं