२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

बुटवलमा पशुपालन गर्ने किसानलाई पनि आर्थिक प्रोत्साहन



बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो ।

बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच नगद सहयोग गरेको हो । तरकारी तथा खाद्य बाली उत्पादन गर्दै आएका किसान, तिनै किसानले सञ्चालन गरेका सहकारी संस्थालाई र पशुपालन गर्दै आएका किसानसमेत गरि करिब दुई सय जनालाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

पशुपालक किसानहरुलाई आर्थिक प्रोत्साहन प्रदान गर्दै उपप्रमुख गुमादेवी आचार्यले महामरीका बेलामा कृषि उपजको महत्व बढेको र स्वदेशी उत्पादनको प्रवद्र्धनमा सबैको चासो गएको उल्लेख गर्दै बुटवलमा सोही अनुरुपका कार्यक्रम बनाइएको बताउनुभयो । कृषिलाई समृद्धिको प्रभावकारी आधारका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै बुटवलले खाद्य सुरक्षालाई आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको उहाँले स्मरण गराउनुभयो ।
बुटवलले सहरी कृषिलाई प्रवद्र्धन गर्नका लागि भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि विशेष योजनासमेत बनाएको छ । उक्त कामका लागि उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा विशेष कार्यदलसमेत गठन भएको छ ।

अहिलेको संकटलाई अवसरका रुपमा बदल्नका लागि उपमहानगरले किसानसंग हातेमालो र सहकार्य गर्ने आवधिक तथा दीर्घकालीन महत्वका योजना बनाइरहेको प्रवक्ता तथा कार्यदलका संयोजक रेग्मीको भनाइ छ ।

किसानले महामारीकै बेलामा बाख्रापालन गर्न, बंगूर पालना गर्ने र खोर सुधार गर्नेजस्ता कामका लागि इच्छा जाहेर गरेका थिए । सोही आधारमा १९ वटै वडाबाट किसानलाई छनौट गरेर यसरी आर्थिक प्रोत्साहन गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । प्रदेश सरकारको सहकार्यमा करिब ११ लाख रुपैयाँ बराबरको आर्थिक प्रोत्साहन वितरण गरिएको उपमहानगरको पशुपन्छी विकास शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ४६ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,