१३ असार २०८३, शनिबार | June 27, 2026

ओली-प्रचण्ड छलफल सकियो, निस्किएन निस्कर्ष



काठमाडौं । चरम अन्तर्संघर्षका कारण पार्टी फुटकै अवस्थामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ ।

यौटै विमानका दुई पाइलटबीच बेमेल हुँदा देखिने संकटपूर्ण अवस्था यति बेला नेकपामा रहेको छ । चरम संकटका बीच युद्धबिरामका लागि गरिएका कैयौं दिनका प्रयत्न सफल भएको छैन ।

बालुवाटारमा दुई अध्यक्षबीच भएको  झण्डै दुई घण्टाको छलफलबाट बुधबार पनि कुनै निस्कर्ष निस्किएन ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्ष विगत केही दिनदेखि जारी स्थायी कमिटी बैठक स्थगित गरेर निरन्तर छलफलमा छन्।

बुधबारको वार्ता पनि त्यसैको निरन्तरता भए पनि दुवै नेता आआफ्नै अडानमा रहेका छन् ।

गत असार १० गतेदेखि सुरू भएको पार्टी स्थायी समितिको बैठकमा १६ गतेदेखि प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड-नेपाल समुहले गरेपछि नेकपा फुटको संघारमा पुगेको हो ।

विवादकै बीच प्रधानमन्त्री ओलीले संसद अधिवेशन स्थगित गरे भने प्रचण्ड-नेपाल समुहले गुट भेलालाई तिब्र बनाए । ओलीले आफुलाई हटाउन भारत र पार्टीका नेता मिलेको सार्वजनिक आरोप लगाएपछि विवाद सुरू भएको थियो ।

विवाद समाधानका लागि भन्दै पटकपटक छलफल भए पनि कुनै सहमति निस्कन सकेको छैन ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : १२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट