४ पुस २०८२, शुक्रबार | December 19, 2025

भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई जनाको मत्यु, १८ वेपत्ता



सिन्धुपाल्चोक । अविरल वर्षापछि गएराति भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रविसेमा दुई जनाको मृत्यु भएको छ । १८ जना वेपत्ता भएका छन् ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको हो । बिहानैबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

घटनामा घाइते भएकाहरुको हेलिकोप्टरमार्फत उद्दारको प्रयास गरिएको छ । जुरेदेखि नै सडकमा क्षतिपुगेका कारण उद्दारमा कठिनाई भएको छ ।

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बुमा गएको बाढीबाट मानवीय क्षति भएको हो । सो ठाउँमा ८ घर बगेका छन् । बाढीले अरनिको राजमार्गमा समेत क्षति पुगेको छ ।

बाढीले सडक बगाएसँगै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध समेत विच्छेद भएको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ । बाढीले खाटचौरमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ  ।

तस्बिर दिनेश थापाको फेसबुकबाट 

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको