१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

सिन्धुपाल्चोक बाढीपहिरो अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइयो



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा अविरल वर्षापछि गएराति गएको भीषण बाढी र पहिरोमा परी घाइते भएकाहरुको उद्दार कार्य जारी छ ।

काठमाडौबाट गएका दुई वटा हेलिकोप्टरमार्फत घाइतको उद्दार गरिएको हो । बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताए।

कैलाश एयरको हेलिकोप्टरमा सुवेश तामाङ र सविता बस्नेत नामका दुई घाइतेको उद्दार गरिएको छ भने माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई उद्दार गरिएको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकोप्टर भने खराब मौसमका कारण सिन्धुपाल्चोक पुग्न सकेको थियो । सो हेलिकोप्टर धुलिखेलको आकाशबाट फर्किएको थियो ।

बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढी आउँदा दुई जनाको मृत्यु भएको थियो भने १८ जना व्यक्ति वेपत्ता भएका छन् । अहिले पनि त्यस क्षेत्रमा उद्दारकार्य जारी रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  २ : १० बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त