११ बैशाख २०८१, मंगलबार | April 24, 2024

बुटवलमा लकडाउनमा ज्यालादारीका काम



बुटवल । बेरोजगार युवालाई लक्षित गरेर भूमि बैंक र श्रम बैंकको अवधारणा ल्याएको बुटवल उपमहानगरपालिकाले यहीँ बन्दाबन्दीको समयमा पनि सुरक्षा प्रवन्ध सहित दैनिक ज्यालादारीका काम सञ्चालन गरेको छ ।

सुरक्षा प्रवन्ध सहित नगरमा सञ्चालित गौरवका आयोजनालाई धमाधम अगाडि बढाएको बुटवलले तिनै काममा ज्यालादारीका मजदुरलाई अवसर दिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मजदुरहरु बुटवलका विभिन्न वडामा निर्माणकार्यमा खटिएका छन् । लकडाउनमा आर्थिक अवस्था कमजोर रहेका मजदुरहरूलाई राहत वितरण गर्नुका साथै तिनै मजदुरलाई लक्षित गरेर ज्यालादारीमा काममा लगाउने व्यवस्था मिलाइएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
‘रोकिएका विकास निर्माण कार्यलाई अगाडि बढाउन पनि सहज हुने र अलपत्र परेका मजदुरको रोजिरोटी पनि सुरक्षित हुने भएकोले यस्तो उपाय अपनाइएको हो’ प्रमुख सुवेदीको भनाइ छ ।

घरमै बसेका मजदुरहरुले भौतिक दूरी कायम गर्दै दैनिक ज्यादारीका काम पाएपछि परिवार पनि खुशी भएको मजदुरहरुले बताएका छन् । लकडाउनका कारण आप्mनो दैनिकी चलाउन समस्यामा परेका परिवारलाई राहतसंगै ज्यालादारीका कामको व्यवस्था मिलाइएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उनीहरुलाई विभिन्न ठाउँमा कामका खटाइएको उपमहानगरका रोजगार संयोजक अरविन्द्र पाण्डेले जानकारी दिनुभयो ।

स्थानीय समुदायमै रहेका मजदुरलाई स्वास्थ्य परीक्षण गरेर, सामाजिक दूरी कायम गर्दै सुरक्षित तरिकाले दैनिक ज्यालादारीका काममा लगाउँदा कामसँगै मजदुर वर्गलाई समेत फाइदा पुगेको बताइएको छ । यो अवधिमा लकडाउनको समयमा बुटवल उमहानगरपनकिा वडा नम्बर ७ स्थित सिद्धार्थ बाल तथा महिला अस्पताल परिसरमा वृक्षारोपण तथा सुख्खा खोल्सी सफाइ गरिएको रोजगार संयोजक पाण्डेले बताउनुभयो । त्यस्तै रामनगर सामुदायिक वनमा अग्नी नियन्त्रण रेखा बनाइएको छ । उक्त क्षेत्र हरेक वर्ष डढेलोको चपेटामा पर्ने क्षेत्र हो ।

अहिले वर्षात्मा पानी प्रयाप्त परेपछि अग्नी नियन्त्रण रेखा बनाउन पनि सजिलो भएको छ । यसैगरी बुटवलकै रामनगर कम्पोष्ट मल प्लान्टमा बिरुवा रोप्ने र मर्मतसम्भार गर्ने काम लकडाउनकै समयमा भएका छन् । त्यहाँ पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले तोकेको मापदण्डमा काम भइरहेको वडा नंं १० का अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी सिद्धार्थ राजमार्गको चौराहादेखि योगीकुटीसम्मको फूलबारी मर्मत सम्भारसँगै वृक्षारोपण गर्ने र नाली मर्मत गर्ने काम पनि लकडाउनकै समयमा गरिएको छ ।
दैनिक ज्यालादारीमा काम गरी घरपरिवार चलाउँदै आएका मजदुरहरुलाई लकडाउनका कारण घरमै बसिरहँदा तनाव भइरहेको र जीविकोपार्जनमा समेत समस्या उत्पन्न भएका बेला घर नजिकै ज्यालादारीका कामको व्यवस्था भएपछि खुशी भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । बुटवलले क्वारेन्टिन र आइसोलेशन सेन्टरमा योगा अभ्यास र ध्यानका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको शर्माले बताउनुभयो ।

वडा नम्बर २ स्थित पुष्प नरसिंह टोलमा पैदल पदमार्ग निर्माण गरिएको छ । चुरेको फेँदबाट चुरे पहाडको अवलोकन गर्न र पर्यावरणीय अध्यय्न गर्न मिल्नेगरी यहाँ नमुना पैदलपथ निर्माण भएको वडा नं. २ का अध्यक्ष रमेश नेपालले जानकारी दिनुभयो । यस्तै सेमलार स्वास्थ्य चौकीमा गार्डेन निर्माण र पाणनी पार्कमा पाखरी निर्माण पनि लकडाउनकै समयमा गरिएको छ ।

त्यस्तै ऐतिहासिक नैरनापुर धाममा सरसफाइ तथा यसक्षेत्रकै उपयुक्त पर्यटकीय गन्तव्य बन्ने प्रचूर सम्भावना रहेको यस क्षेत्रको विकासका लागि समेत टेवा पुग्ने गरी विभिन्न काम भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । बुटवलको मिनी फेवातालका रुपमा रहेको बैठौलिया तालको विस्तार, सरसफाई र संरक्षणका काममा पनि दैनिक ज्यादारीका काममा खटाइएको छ । समुदायस्तरमा सञ्चालित विभिन्न योजनामा त्यहीँका समुदायका मजदुरलाई प्राथमिकतामा राखेर ज्यालादारीका कामको व्यवस्थापन मिलाइएको रोजगार संयोजक पाण्डेले बताउनुभयो ।

१५ दिनदेखि एक सय दिनसम्मका रोजगारीका काममा मजदुरहरुलाई अवसर दिइएको छ । विभिन्न ठाउँमा गरेर करिब ७० जना मजदुरले दैनिक ज्यालादारीका काम गररहेको उपमहानगरले बताएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ८ : १६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना