२४ मंसिर २०८०, आइतबार | December 11, 2023

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित



काठमाडौं । पार्टीभित्रको विवाद कम हुने कुनै संकेत नभएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिएको छ ।

आज ११ बजेका लागि तय गरिएको बैठक साउन २ गतेसम्मका लगि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

गत असार १० गतेदेखि सुरु भएको बैठक असार १६ गतेबाट अकस्मात प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्न थालिएपछि प्रभावित हुँदै आएको छ । ओली इतरको प्रचण्ड–नेपाल समुहले ओलीले सरकार र पार्टी संचालन गर्न नसकेको भन्दै राजीनामा मागिररहेका छन् ।

तर ओली समुहले भने पार्टीका नेताहरु आफुलाई हटाउन गुटवन्दीमा लागेको भन्दै दुवै पदबाट राजीनामा नगर्ने अडानमा रहँदै आएका छन् । विवाद बढ्दै गएपछि नेकपा झण्डै फुटको अवस्थामा पुगेको छ ।

आजको बैठकमा पनि प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुले ओलीको चर्को आलोचना गर्दै राजीनामा माग्ने योजनामा रहेका थिए । तर, स्थायी कमिटी बैठकमा अहिलेसम्म चुप रहेका ओली पक्षीय नेताहरुले राजीनामा माग्ने पक्षको प्रतिवादको तयारी गरेका थिए ।

विवाद शिर्ष नेताहुँदै सडकमा प्रदर्शनको स्तरसम्म तल झरेको छ । ओलीको पक्षमा केही व्यक्तिहरुले सडकमा प्रदर्शन गर्न थालेपछि उनी निकट नेताहरुले समेत त्यस्तो व्यवहारले पार्टी एकतामा झन संकट पुर्याउने भन्दै प्रदर्शन रोक्न आग्रह गरिरहेका छन् । ओली इतरका नेताहरु पनि निरन्तर गुट बैठक गरिरहेका छन् ।
पार्टी विवाद मिलाउनकै लागि पटकपटक स्थायी कमिटी बैठक स्थगित गर्दै अध्यक्षद्वयबीच छलफल भैरहेको छ । तर, बुधबार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक नभएपछि बिहीबार छलफल नै भएन । दुवै अध्यक्ष आआआफ्नै अडानमा रहेपछि सहमतिको प्रयार निरर्थक बनिरहेको छ ।

दुवै समुहका मध्यमार्गी नेताहरुले कृषि मन्त्री घनश्याम भुषालको कार्यकक्षमा बसेर पार्टी एकताको पक्षमा थप दबाब दिने रणनीति बनाएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : १० बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक