१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

मायादेवीका कृषकलाई कृषि औजार चापकटर र पम्पसेट वितरण



भैरहवा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत मायादेवि गाउँपालिकाले गरिब तथा व्यवसाय उन्मुख किसानहरुलाई कृषि औजार बितरण गरेको छ ।

एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीमा प्रमुख एकराज विश्वकर्माले गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर बन्नका लागि १४ थान पम्पसेट र ११ थान चापकटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका विश्वकर्माले अनुगमन गर्ने कति उपयोग भयो अरु केही थप्न परे थप्नुपर्ने र अब खाडीमा ५३ डिग्री तापक्रम का काम गर्नुभन्दा आफ्नो ठाउमा स साना उद्योग गरेर आफ्नै क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए । प्रदेश सरकार र केन्द्रीय सरकारले गरिब बिपन्नहरुलाई गरिबिको अन्त्य गरेर कठिनाइहरुको अन्त्य गर्दै उत्पादनमा जोडिँदै उन्नत जिवनमा जिउनुपर्ने बताए ।

मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमद्धारा मायादेवी गाउँपालिकाबाट निशुल्कपम्पसेट बितरण गरिएको बताउँदै कृषकहरुलाई पालिकाले उपलब्ध गराएको सामानको पूर्णरुपमा प्रयोग हुनुपर्ने सामान आफ्नो मात्र नभएर समुदायमा पनि सहयोग गर्नुपर्ने बताए । अध्यक्ष चौधरीले कृषिमा लगानी गरि नेपाल आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

स्वागत मन्तब्य ब्यक्त गर्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुंगानाले निशुल्क बितरण गरिएका कृषि जन्य सामाग्रीहरुको किसानले सहि तरिकाले उपयोग गर्न सल्लाह दिए ।

गाउँपालिकाका उपाध्यक्ष तारादेवि यादव, पशु सेवा शाखा प्रमुख डबल भण्डारी र कृषि शाखा प्रमुख राजेश यादव लगायतले किसानको हक हितमा गाउँपालिका सदैव सहयोग गर्न तयार भएको बताएका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १ : ३६ बजे

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते