६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

मायादेवीका कृषकलाई कृषि औजार चापकटर र पम्पसेट वितरण



भैरहवा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत मायादेवि गाउँपालिकाले गरिब तथा व्यवसाय उन्मुख किसानहरुलाई कृषि औजार बितरण गरेको छ ।

एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीमा प्रमुख एकराज विश्वकर्माले गाउँपालिकाका कृषकहरुलाई आत्मनिर्भर बन्नका लागि १४ थान पम्पसेट र ११ थान चापकटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका विश्वकर्माले अनुगमन गर्ने कति उपयोग भयो अरु केही थप्न परे थप्नुपर्ने र अब खाडीमा ५३ डिग्री तापक्रम का काम गर्नुभन्दा आफ्नो ठाउमा स साना उद्योग गरेर आफ्नै क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए । प्रदेश सरकार र केन्द्रीय सरकारले गरिब बिपन्नहरुलाई गरिबिको अन्त्य गरेर कठिनाइहरुको अन्त्य गर्दै उत्पादनमा जोडिँदै उन्नत जिवनमा जिउनुपर्ने बताए ।

मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमद्धारा मायादेवी गाउँपालिकाबाट निशुल्कपम्पसेट बितरण गरिएको बताउँदै कृषकहरुलाई पालिकाले उपलब्ध गराएको सामानको पूर्णरुपमा प्रयोग हुनुपर्ने सामान आफ्नो मात्र नभएर समुदायमा पनि सहयोग गर्नुपर्ने बताए । अध्यक्ष चौधरीले कृषिमा लगानी गरि नेपाल आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

स्वागत मन्तब्य ब्यक्त गर्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुंगानाले निशुल्क बितरण गरिएका कृषि जन्य सामाग्रीहरुको किसानले सहि तरिकाले उपयोग गर्न सल्लाह दिए ।

गाउँपालिकाका उपाध्यक्ष तारादेवि यादव, पशु सेवा शाखा प्रमुख डबल भण्डारी र कृषि शाखा प्रमुख राजेश यादव लगायतले किसानको हक हितमा गाउँपालिका सदैव सहयोग गर्न तयार भएको बताएका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १ : ३६ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा