५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या ३८ पुग्यो



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जनाको मृत्यु भएको हो ।

काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कामनपा– १० शंखमुलका ६० वर्षका पुरुषीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

असार १६ गते फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरे । असार १९ गते अस्पताल भर्ना भएका मृगौलाका बिरामी रहेका ती पुरुषको २५ गते निधन भएको हो । उनको असार २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी– ६ का ४५ पुरुषको पनि कोरोना भाइरसको संक्रमणकै कारण असार २५ गते निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरुषमा असार २२ गते कोरोना पुष्टि भएको थियो ।

थपिएको तथ्याङ्कसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता