१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाकाे सम्भावना, तराई र पहाडी क्षेत्रका नदी र खोलाहरुकाे वहाव उच्च



काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

देशभर सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका अधिकांश क्षेत्र र बाँकी प्रदेशहरूका केही क्षेत्रहरूमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भईरहेको छ ।

प्रदेश १ र २ का केही स्थानहरूमा भारी वर्षा पनि भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएराती ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भएको थियो भने अझै थप बर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा रतुवालगायत साना खोलामा बाढी खतराको बिन्दु नजिक आउन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

त्यसैगरी आज विहान २ बजेदेखि ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा भारी बर्षा हुँदा स्थानीय साना खोलाको बहाव उच्च रहेकाले पहाडी जिल्लामा पहिरोको जोखिम उच्च रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहनेछ भने धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुका साथै गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ०३ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय