३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाकाे सम्भावना, तराई र पहाडी क्षेत्रका नदी र खोलाहरुकाे वहाव उच्च



काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

देशभर सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका अधिकांश क्षेत्र र बाँकी प्रदेशहरूका केही क्षेत्रहरूमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भईरहेको छ ।

प्रदेश १ र २ का केही स्थानहरूमा भारी वर्षा पनि भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएराती ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भएको थियो भने अझै थप बर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा रतुवालगायत साना खोलामा बाढी खतराको बिन्दु नजिक आउन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

त्यसैगरी आज विहान २ बजेदेखि ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा भारी बर्षा हुँदा स्थानीय साना खोलाको बहाव उच्च रहेकाले पहाडी जिल्लामा पहिरोको जोखिम उच्च रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहनेछ भने धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुका साथै गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ०३ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा