२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रियो : रामचन्द्र पौडेल



काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।

नेता पौडेलले शनिबार गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उनले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका हुन् ।

नेता पौडेलले वर्तमान सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रिएर भारतसँग वार्ताको वातावरण बिगारेको आरोपसमेत लगाए । ‘वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको छ,’ उनले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आम नेता कार्यकर्तालाई आग्रहसमेत गरेका थिए ।

फागुनमा महाधिवेशन गर्न पर्याप्त समय रहेको उनको भनाइ थियो । का‌ंग्रेसको क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने वरिष्ठ नेता पौडेलले बताए । रासस

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : १९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष