२० आश्विन २०८३, मंगलबार | October 7, 2026

रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध



गुल्मी । वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौं सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगौंडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् ।

मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : २७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते