१३ असार २०८३, शनिबार | June 27, 2026

पार्टीभित्र जिन्दावाद मुर्दावादको नारा लागेकोमा प्रचण्डको गम्भीर असन्तुष्टि, भन्छन, –यहाँ कोही लम्पसारवादी छैन



चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको जिकिर गरेका छन् ।

आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको बताएका छन्।

प्रचण्डले प्रधानमन्त्री केही मानिसहरुबाट केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने र अरुलाई गलत चित्रण गरिएकोमा आपत्ति समेत जनाए। उनले भने, ‘यहाँ कोही राष्ट्रघाती दलाल कोही महान राष्ट्रवादी भन्ने होइन’, उनले भने, ‘हामी सबै मिलेर नाकाबन्दीको सामाना गरेको हो, सबे मिलेरै नक्सा बनाएको हो।’

आफू कार्यकारी अध्यक्ष बनेपछि बसेको पहिलो स्थायी समिति बैठकले नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको उनले स्मरण गराए । उनले भने, ‘नेपालमा कोही महान राष्ट्रवादी नभई सबैले मिलेर नाकाबन्दीको सामाना गर्नेदेखि नयाँ नक्सा जारी गर्ने काम गरेको हो ।’ स्थायी समिति प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएको उनले बताए ।

सत्य, सत्य नै साबित हुने भन्दै प्रचण्डले राष्टिय« हित र राष्ट्रिय अखण्डताका लागि आफुहरुबीच कुनै असहमति नरहेको स्पष्ट पारे ।

प्रचण्डले पार्टीलाई विधि पद्धति संचालन गरी एकताबद्ध बनाउन आवश्यक रहेको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विधि प्रक्रिया अनुसार संचालन गर्न रचनात्मक दबाब आवश्यक भएको जिकिर गरे ।

पार्टीभित्रको आन्तरिक समस्या पनि विधि पद्धति बमोजिम नै हल हुने पनि उनले विश्वास दिलाए । उनले भने, ‘तपाइँहरू सबैलाई थाहै छ पार्टीभित्र गम्भीर समस्या सृजना भएको छ तर यो होइन की पार्टी फुटिहाल्छ ।’ पार्टीमा देखिएका पछिल्ला संकटबारे गम्भिर छलफलमा रहेको बताउँदै उनले जिल्लाका नेता कार्यकर्ताहरूलााई नहतारिन आग्रह पनि गरे ।

प्रचण्डले भने ‘पार्टी एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने अठोटका साथ विगतमा निर्वाचनमा गएको बताउँदै त्यसको परिणाम स्वरूप झन्डै दुइ तिहार्इ नजिकको जनमत नेपाली जनताले दिएका हुन्, यसबाट कोही कसैलाई भाग्ने वा बाहानाबाजी गर्ने छुट छैन । तपाईंहरु नआत्तिनुहोस । ’

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कृष्ण खनालले नेकपाभित्र देखिएको विवादको छिनोफानो हुनुपर्ने माग गरेका थिए । खनालले सडकमा भइरहेका गतिविधि किन र केका लागि गरियका हुन् भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ३६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट