२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

दाङको काउले डाँडाको छेडामा चिउरी बगान



दाङ । दाङको घोराही—मुकृट्टी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै पहिलो चिउरी बगान बगाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली बन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाई पर्यटकिय स्थल बनाउन लागिएको हो ।

जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिकमै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट दाङको प्रायः सवै क्षेत्र देख्न सकिन्छ । काउले डाँडालाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सिमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपिएको छ ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगान बनाउने अभियानका शुभारम्भ गरेका थिए ।

सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा सयौ उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास भएसँगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती घ्यूमा समेत प्रयोग गर्न सकिने भन्दै डिभिजन वन कार्यालय प्रमुख ज्ञवालीले स्थानीयसँग सहकार्य गरेर चिउरी बगान बनाउन आफु प्रतिबद्ध भएको बताए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ५८ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,