२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोना कहरले विकासको मुल फुटेको नरैनापुरमा सर्पदंश सेवा पनि



नेपालगञ्ज । अघिल्लो महिना कोरोनाको हटस्पट बनेर सबैको ध्यान तानेको नरैनापुरले कोरोना कहरकै बीच विकासको मुल फुटाएको छ । ४ दशकको प्रतिक्षामा नरैनापुरबासीले बिजुली बाल्न मात्र पाएका छैनन्, मोटर चढ्न, नेपाली मोबाईल सिमबाट कुरा गर्न, नेपाली रुपैयाँमा खरिदबिक्रि गर्न र नेपाली डाक्टरसँग उपचार गर्ने पनि कोरोना कहरकै बीचमा नरैनापुरबासीले अवसर पाएका छन् । एकैपटक धेरै बिकासका लहर आएको नरैनापुरमा यसै हप्ता सर्पदंशका बिरामीहरुको उपचार गर्नेगरी संरचना निर्माण गर्न पनि थालिएको छ । सर्पदंशका कारण हरेक वर्ष ज्यान गुमाउनु परेका नरैनापुरबासीले अव ज्यान गुमाउनु नपर्ने भएको छ ।

कोरोना कहरकै बीच बाँकेको नरैनापुरको विकासले तिव्रता पाएको छ । केही दिनअघि बिजुली र सडक एकैसाथ पुगेको नरैनापुरमा विशेषज्ञ चिकित्सकले समेत सेवा दिन थालेका छन् । यही ठाउँमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने तयारी थालिएको छ । वर्षेनी नागरीकहरुले उपचार अभावमा ज्यान गुमाउन थालेपछि सर्पदंश उपचार केन्द्र स्थापना गर्न थालिएको हो । त्यसको लागि आवश्यक पर्ने मेडिकल साम्रगीहरु नरैनापुर पुगिसकेका छन् ।

विकासले गती लिइरहेको नरैनापुरमा पहिलोपटक सर्पदंश उपचार केन्द्र स्थापना तयारी गरिएको हो । नरैनापुर स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नै सर्पदंशका बिरामीहरुको उपचार गर्नेगरी तयारी थालिएको हो ।

समयमा नै उपचार नपाउँदा नरैनापुरमा सर्पदंशका बिरामीहरुले अकालमा नै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना) को पहल र प्रदेश ५ सरकारको सहयोगमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न थालिएको छ । त्यसका लागि आवश्यक पर्ने मेडिकल साम्रगीहरु स्वास्थ्य केन्द्रमा पु¥याइसकिएको छ । समयमै उपचार नपाउँदा वर्षायाममा सर्पदशंका कारण धेरैले ज्यान गुमाएपछि सर्पदशं उपचार केन्द्रको स्थापना गर्न लागिएको प्रदेश सांसद नमूनाले जानकारी दिइन् ।

सर्पदंश उपचार केन्द्र स्थापना गर्ने तयारीसँगै स्वास्थ्य केन्द्रका डाक्टर सागर पन्तलाई समेत सर्पदंश उपचार सम्बन्धी तालिम दिइएकोे छ । उनकै अगुवाईमा यहाँ सर्पदंशका बिरामीहरुको उपचार गरिनेछ । केही दिनमा मेसिनहरु जडान गरेपछि सेवा सञ्चालनमा ल्याइने प्रदेश सांसद नमूनाले जानकारी दिइन् । गम्भिर खालका बाहेक अन्य सबै सर्पदंशका बिरामीहरुको उपचार यही गर्न सकिनेगरी तयारी गरिएको बताउँदै उनले अन्य आवश्यक मेडिकल साम्रगी दिन प्रदेश सरकारसँग कुरा भईरहेको बताईन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सर्पदंश उपचार केन्द्र स्थापना हुन लागेकोमा खुशी व्यक्त गरे । गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग आफुहरु गर्न तयार रहेको बताउँदै उनले अझै यहाँको स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : ३४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल