४ पुस २०८२, शुक्रबार | December 20, 2025

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी



काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी भएको छ ।

वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १ – ० को अग्रता बनाएको छ ।

पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो ।

इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पूरा गर्यो । वेष्ट इन्डिजका लागि जेर्मानी ब्लाकवुडले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिए पनि वेष्ट इन्डिजलाई रोक्न सकेनन् ।

यसअघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे । जोफ्रा आर्चरले २३ रन बनाए । वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २र२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो । यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो ।

दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ । दोस्रो टेष्ट बिहीबारदेखि म्यानचेस्टरमा सुरु हुनेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको