३१ असार २०८३, बुधबार | July 15, 2026

तनहुँ बाढी पहिरो : ६ जनाको मृत्यु, ५ जना बेपत्ता



तनहुँ – तनहुँमा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।

व्यास नगरपालिकामा ३ जना, म्याग्दे गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनाको ज्यान गएको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

व्यास नगरपालिका-९, माँझफाँटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अञ्जना थापाको ज्यान गएको पौडेलले बताए । पहिरोमा परी १९ वर्षीय राजेश थापा बेपत्ता भएका छन । घरधनी केशर थापा घाइते भएका छन ।

त्यसैगरी व्यास नगरपालिका-५ मा पहिरोमा परी ६० वर्षीया मैतीकुमारी थापाको ज्यान गएको छ । म्याग्दे गाउँपालिकामा गएको पहिरोमा १७ वर्षीया लक्ष्मी वि.क र ऋषिङ गाउँपालिका-८, भैँसीखिलीमा आनबहादुर थापाको घर पहिरोले पुर्दा भेषबहादुर थापाको ज्यान गएको छ ।

अरु ४ जना बेपत्ता भएका र १ जना घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नानुमाया थापा, उनकी छोरी अमिसा थापा, मानदेव थापा र उहाँकी श्रीमती मनिसरा थापा रहेका छन् ।

घाइते ६० वर्षीया ज्योतीमाया थापाको पोखरामा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १ : ०२ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित