१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सितापाईला दम्पत्ती हत्याकाण्डका फरार अभियुक्त १४ वर्ष पछि नेपालगन्जबाट पक्राउ



काठमाडौं । नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले काठमाडौंको सितापाईला सुबेदी दम्पत्तीको हत्यामा संलग्न मध्यका १ जनालाई हत्या भएको १४ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । १४ वर्ष पहिले दम्पत्ती हत्या गरेर फरार रहेका मध्य १ जनालाई नेपाल भारत सिमाको नेपालगन्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

दम्पत्ती हत्यामा संलग्न रहेको अभियोगमा सीआइबीले नेपालगन्जको नजिकको नेपाल-भारत सीमा क्षेत्रबाट ३४ वर्षिय जयकिशोर शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए

२०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या भएको थियो ।

सीआइबीका डीएसपी अनिल घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काम बिगार्दा गाली गरेको विषयलाई लिएर सःमिलका कामदारहरु सहित पक्राउ परेका शाह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी सुवेदी दम्पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुवेदी दम्पति सःमिल नजिकै रहेको अमृत मैनालीको घरमा दुई छोराहरु सहित बस्दै आएका थिए। सुवेदी दम्पतिलाई अभियुक्तहरु शाह र रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने सुवेदीको जेठा छोरा विलभ सुवेदीलाई समेत गम्भीर घाइते बनाएर फरार भएका थिए ।

सुवेदी दम्पतिको हत्यापछि अभियुक्तहरु भारत पुगेका थिए । शाहले जय शर्माको नामबाट भारतीय आधार कार्ड लगायतका कागजात बनाई पहिचानसमेत बदली भारतको लखनउमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्याको घटनालाई सीआइबीले स्थापनाकालदेखि नै प्राथमिकतामा राख्दै आएको थियो । विलभ सुवेदीको निरन्तर सम्पर्क र सूचनाको आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत सूराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत समेत गरी शाहलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी पाण्डेले बताए ।

हत्याको अभियोगमा फरार रहेका प्रताप रानालाई समेत प्रहरीले खोजी गरिरहेको छ । हत्या भएका बेला शाह २० वर्षका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ३ : ०२ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन