१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

म्यानचेस्टर युनाइटेडले शीर्षचारमा उक्लिने सुनौलो मौका गुमायो, इन्जुरी समयको गोल बन्यो बाधक



काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा उक्लिने महत्वपूर्ण मौका गुमाएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा साउथह्याम्पटनसँग बराबरीमा रोकिएर म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पछि पारी चौथो स्थानमा पुग्ने मौका गुमाएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको २–१ को अग्रता म्यानचेस्टर युनाइटेडले इन्जुरी समयको अन्तिम मिनेटमा गुमायो ।

१२ औँ मिनेटमा आर्मस्ट्रोङ्गले गोल गरी साउथह्याम्पटनलाई अग्रता दिलाए । २० औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरी युनाइटेडलाई बराबरीमा ल्याए । २३ औँ मिनेटमा एन्थोनी मार्शलले गोल गरी अग्रता दिलाए ।

तर इन्जुरी समयको छैटौँ अर्थात ९६ औँ मिनेटमा ओबाफेमीले गोल गरी युनाइटेडको जित अस्वीकार गरे र साउथह्याम्पटनलाई बराबरी गराए ।

बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ५९ अंक भएको छ । चौथो स्थानको लेस्टर सिटीको पनि ५९ अंक नै भए पनि गोल अन्तगरका आधारमा अघि रहेको हो । ४५ अंकसहित साउथह्याम्पटन १२ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : २८ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिय छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा