१६ चैत्र २०८२, सोमबार | March 30, 2026

यार्सागुम्बा आइयुसीएनको संवेदनशील सूचीमा, नेपालमा राज्यको व्यवस्थापन शुन्य



काठमाडौं । नेपालका हिमाली जिल्लाका नागरिकहरुको सिजनल खेती र ब्यापार बँदै आएको शक्तिवर्द्धक जडीबुटीका रुपमा चर्चित यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आइयुसिएनं०ले संवेदनशील प्रजातिको सूचीमा राखेपछि निर्वाध संकलन गरिँदै आएको संकलनमा पावन्दी लाग्ने संभावना देखिएको छ ।

आइयुसीएनले जुलाई ९ को निर्णयबाट रातो सूची जारी गर्दै यार्सागुम्बालाई संवेदनशीलको सूचीमा राखेको हो।

बहुमूल्य जडिबुटीमा रुपमा चिनिएको यार्सा हिमाली भेगमा पाइन्छ। विशेषगरी चीन, नेपाल र भारतका हिमाली सृङ्खलामा पाइने यार्सा ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वस्तु हो।

यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित हुन्छन्। यार्सा मानिसकै कारण जोखिममा परेको आइयुसीएनले जनाएको छ ।

विशेष गरी चिनियाँ औषधिहरुमा प्रयोग गरिने यार्साको प्रयोग दुई हजार वर्ष अगाडिबाट शुरु भएको बताइन्छ।

यौनवर्द्धक औषधि भनिए पनि यसलाई मिर्गौला र फोक्सोको रोग निको पार्न चिनियाँहरुले प्रयोग गर्ने गरेको आइयुसीएनले जनाएको छ।

सन् १९९० को दशकबाट यसको अत्याधिक माग बढ्न थालेको हो। १५ वर्षको अवधिमा कम्तीमा पनि ३० प्रतिशतभन्दा बढी यर्सा घटेको आइयुसीएनले उल्लेख गरेको छ।

विश्वमा १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिए पनि नेपालमा कति प्रजातिका यार्सा पाइन्छ भनेर पत्ता नलागिसकेको यससम्बन्धी अध्ययनकर्ताहरुले बताउंदै आएकाछन् ।

वषौंदेखि हिमाली भेगमा स्थानीयबासी अन्य पेशा व्यवसाय र विद्यालय समेत बन्द गरेर यार्सा टिप्न जाने गरेपनि राज्यले नियमन नगर्दा यार्साको खेती राज्यको नियन्त्रण बाहिर रहेको छ ।

एकातिर यार्सागुम्बा हरेक वर्ष घट्दै गएको छ भने अर्कोतर्फ यसको अबैध निकासी बढ्दै गएको छ । डोल्पा, हुम्ला लगायतका जिल्लाहरुमा चीनीयाहरु नेपाली भूमिमै आएर यार्सा टिपेर लैजाने गरेको समेत स्थानीयले बताएका छन् ।

राज्यले समय मै यार्साको संरक्षण गर्न नसके यो पनि छिट्टै लोपान्मुख प्रजातिमा पुग्ने आशंका पैदा भएको यार्साको अध्ययन गरिरहेका डा। उत्तमबाबु श्रेष्ठले बताए । ब्यवसायीक संकलन रोक्नु पर्ने उनको सुझाव छ ।

हिमाली भेगका स्थानीयलाई आर्थिक रुपमा सबल बनाइरहेको यार्साको कारोबार र संकलनलाई दीगो रुपमा आर्थिक उत्पादनको स्रोत कसरी गर्न सकिन्छ भन्नेबारे राज्यले ठोस योजना भने ल्याउन सकेको छैन ।

नेपालका अधिकांश ठाउँमा जेठबाट यार्सा संकलन शुरु हुन्छ। यो वर्ष भने कोभिड १९ का कारण यार्सा टिप्न जानेको संख्या घटेको बुझिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : ४७ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन