११ बैशाख २०८१, मंगलबार | April 23, 2024

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत



सुर्खेत । यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

मुगुको कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए । बुधबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका–११ हो । उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ३३ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम