१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

लकडाउनको अवधिमा कालोबाजारी गर्ने दर्जनौ व्यवसायिक फर्महरु कारवाहीमा, अनुगमन टोलीले असुल्यो २२ लाख ८० हजार जरिवाना



नेपालगन्ज । लकडाउनका बेला गैर कानुनी रुपमा कारोबार गर्ने बाँकेर दाङका व्यवसायीबाट सयुक्त बजार अनुगमन टोलिले २७ लाख जरिवाना असुल गरेको छ । अनुगमन टोलीले बाँकेका ३० र दाङका ३ उद्योग तथा ब्यवसायीक फर्महरुबाट सो रकम बराबरको जरिवना असुल गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा गरिएको ५७४ अनुगमन मध्ये बाँकेमा ३० र दाङ्गको ३ फर्मलाई कारबाही गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिएका छन् ।

अनुगमनको क्रममा सामान्य अवस्थामा रहेका ३२० फार्म रहेको र सामान्य त्रुटि भेटिएका २०५ वटा पसल तथा फार्मलाई तत्काल सुधार गराइएको पौड्यालले बताए ।

बाँके र दाङमा कारवाही गरिएको पसलहरुबाट २२ लाख ८० हजार जरिवाना तिराइएको छ । दाङ्गको ३ पसललाई ४ लाख २० हजार तिराइएको र बाँकी बाँकेबाट असुल गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जनाएको छ ।

म्याद सकिएको वा खान प्रयोग गर्न अयोग्य सामान ५ लाख ३० हजार ५५ रुपैया बराबरको नष्ट अथवा फिर्ता गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ । अनुगमन टोलीले २ वटा पानि उद्योगलाई कारोबार रोक्का गर्न निर्देशन दिएको जनाएको छ ।

अनुगमन टोलीले लकडाउनको अवधिमा मात्रै ९चैत्र ११ गते देखि जेष्ठ मसान्त सम्म० ११८ वटा फर्महरुको अनुगमन गरेको छ ।

जसमा १५ वटा फर्मलाई कालोबजारी तथा म्याद नाघेका बस्तु विक्रि गरेको कसुरमा १५ लाख रुपैया जरिवाना गरिएको निमित्त प्रमुख पौड्यालले जानकारी दिई ।

घटनास्थलमा नै कसुर प्रमाणित भई जरिवाना तिराईएपनि अनुगमन टोलीले कसैमाथि मुद्दा भने चलाएको छैन ।

जरिवाना तोकेको म्याद भित्र पुनराबेदन गर्ने अधिकार फर्महरुलाई भएपनि कसैले पुनराबेदन नगरेको पौड्यालले बताए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ४७ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम