१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सीजी सिमेन्टमा लगानी



काठमाडौं । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा थुप्रै बाणिज्य बैंकहरुले सीजी सिमेन्टमा लगानी गरेका छन् ।

सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पाको क्लिङकराइजेसन प्लान्सको क्षमता १९५० टिपीडीबाट २९५० टिपीडीमा विस्तार गर्न आवश्यक पुरक सहवित्तीयकरण सम्झौता भएको हो ।

सम्झौतापत्रमा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र नेपालएसबिआई बैंक समेतको सहभागितामा यसअघि २०७४ पुषमा कर्जा सम्र्झाता भएको थियो ।

त्यतिबेला सहभागी बैंकहरु बीच २ अर्ब ३७ करोड ८० लाख गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न मिति २०७४ पौष ७ मा सहवित्तीयकरण सम्झौता भएको थियो ।

सहवित्तीयकरण सम्झौता समारोहमा अगुवा बैकको तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सोही बैंकका नायबप्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे सहभागी थिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ४० बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न