३ असार २०८३, बुधबार | June 17, 2026

संसदको दिगो विकास तथा सुशासन समितिले पेश गर्‍यो बार्षिक प्रतिवेदन



काठमाडौं । संसदको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बार्षिक प्रतिवेदन समितिमा पेश गरेको छ ।

समितिले बुधवार बसेको बैठकमा बर्षभरी गरेका कामको प्रगति विवरण तयार पारी ड्राफट प्रतिवेदन पेश गरेको हो । बार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन डा विमला राइको नेतृत्वमा उपसमिति गठन गरेको छ । उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिइ  मूल समितिमा पेश गर्नेछ ।

समितिले पेश गरेके प्रतिवेदनमा समितिले संचालन गरेको निर्देशनात्मक, नीतिगत सुधारात्मक, अन्तरक्रियात्मक र अगुगमनात्मक तथा समन्वायत्मक लगायतका कार्यमा उपलब्धीहरु हासिल गरेको जनाएको छ ।

समितिले दिगो विकास प्रबर्धनमा सहयोग लगायतका उपलब्त्रीहरु हासिल भएको प्रष्ट पारेको छ । यस्तै प्रदेशहरुबीच संजाल स्थापना, दिगो विकाश लक्ष्य कार्यान्वयनमा संसदहरुको भुमिकामा बढोत्तरी, बजेट अनुगमन र पैरवीमा सकारात्मक प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ ।

साथै समितिले दिगोे विकास श्रोत केन्द्रको स्थापना, भौतिक विकास सम्बन्धमा अन्तरक्रिया, निर्देशन र अनुगमन, राष्ट्रिय गौरव एवं महत्वका आयोजनाको अनुगमन गरी कार्यान्वयन अवस्था, प्रगति र चूनौतिको सम्बन्धमा अध्ययन गरी आवश्यक ठहर भएको विषयमा निर्देशन दिने काम समेत गरेको छ ।

समितिले प्रस्तुत गरेको प्रतिवेदनमा  सुशासन प्रवर्धन अन्तर्गत विधिको शासन, भ्रष्टचार न्यूनिकरण, सहभागितामुलक व्यवस्थापन, स्वतन्त्र प्रेस, नागरिक सार्वोच्चता , सामाजिक न्याय समावेशिकरण पारदर्शिता लगायतका सुसासन प्रर्वधनका विषयमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ०६ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा