१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पाकिस्तानी दूताबासबाट त्रिवि शिक्षण अस्पताललाई एम्बुलेसन्स सहयोग




काठमाडौं ।पाकिस्तानी दूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा पाकिस्तानी राजदूत डा. मजहर जाभेदले दुई वटा सुविधा सम्पन्न एम्बुलेम्स अस्पताललाई हस्तान्तरण गरेका छन् ।

अस्पतालको ३८ औं वार्षिकोत्सवको अवसर पारेर पाकिस्तानले दिएका दुई एम्बुलेन्सलाई अस्पतालका कार्यकारी प्रमुख डा. रोहित कुमार पोखरेलले बुझेका छन् ।

त्यसअवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. पोखरेलले एम्बुलेन्स सहयोग गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिए । डा. पोखरेलले यो एम्बुलेन्समार्फत काठमाडौं र आसपासका बिरामीले चिकित्सकीय सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले एम्बुलेन्स उपहार दुई देशबीचको आपसी सम्बन्ध र भाइचाराको प्रतिक भएको टिप्पणी पनि गरे । उनले भने, ‘भविष्यमा पनि यसप्रकारको सहयोग प्राप्त हुने छ ।’ कार्यकारी निर्देशक पोखरेलले नेपालका डाक्टरहरुको पोष्ट ग्रायजुयेट सुविधाका लागि कलेज अफ फिजिशियन एण्ड सजर्न पाकिस्तान सीपीएसपीको भूमिकाको पनि प्रशंशा गरे ।

त्यसअवसरमा पाकिस्तानी राजदूत डा. जाभेदले नेपाली विद्यार्थीको लागि पाकिस्तानमा रहेका चिकित्सा संस्थान गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

जाभेदले भविष्यमा पनि नेपालका अस्पताल र पाकिस्तानका स्वास्थ्य संस्थाहरुबीच सहयोग आदनप्रदान हुने कामना गरे । उनले पाकिस्तान र नेपालबीच रहेको मैत्रिपूर्ण भावनात्मक सम्बन्धलाई अझ उचाईमा पुर्याउने विचार व्यक्त गरे ।

पाकिस्तान र नेपालबीच दशकौंदेखि मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपालका कैयौं विद्यार्थी पाकिस्तानमा चिकित्सा विज्ञान, इन्जिनियरिङ लगायतका विषयमा अध्ययन गर्न पाकिस्तान जाने गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : १५ बजे

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार

घोराही–लमही सडक विस्तार थालियो

दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै