३२ जेष्ठ २०८१, शुक्रबार | June 14, 2024

गृहमन्त्री खाणको मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध गरेपछि…



भैरहवा । भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो ।

आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरुको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेको हो ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्‍याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।

भैरहवास्थित बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ताको तालिका रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २८ बजे

ताप्लेजुङ पहिरो अपडेट : घाइते बुबा छोरीको उद्धार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति

टी-२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान

काठमाडौं । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग

विकास र राजनीतिलाई सँगसँगै लैजान जरुरी छ : उपाध्यक्ष पौडेल

बुटवल । एमाले उपाध्यक्ष बिष्णु पौडेलले विकास र राजनीतिलाई सगँसगै

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति

नेपालगन्ज । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुनःविचार गर्नुपर्छ : एमाले सचिव भट्टराई

काठमाडौं । विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा