१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

रुकुम चौरजहारी घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान



रुकुम । पश्चिम रुकुमको चौरजाहारी सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए । उनका अनुसार चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए ।

पाँचमध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।

यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ ।

तिनमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ । तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना रु एक लाख धरौटीमा छुटेका थिए ।

गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : १७ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त