४ पुस २०८२, शुक्रबार | December 19, 2025

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी, रेलिगेशनबाट जोगिने बोर्नमाउथको आशमा धक्का



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ ।

सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो । उसले दोस्रो हाफमा एक गोल खायो । छैटौँ मिनेटमा डेविड सिल्भाले गोल गरी सिटीलाई सुरुवाति अग्रता दिलाए । ३९ औँ मिनेटमा गाब्रियल जिससले गोल गरेर अग्रता दोब्बर पारे ।

बोर्नमाउथका लागि ८८ औँ मिनेटमा ब्रूक्सले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको सिटीको ३६ खेलबाट ७५ अंक भएको छ । पराजयले रेलिगेशनबाट जोगिने बोर्नमाउथको आशमा धक्का लागेको छ । उ ३६ खेलबाट ३१ अंकसहित १८ औँ स्थानमा छ ।

लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा बर्नली र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : ५६ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता